Official Publication of Government Radiography Association, Nepal (Go-Ran)

सरकारी रेडियोग्राफी संघको अध्यक्षमा रोक्का र महासचिवमा तिमिल्सिना

Facebook
Twitter
LinkedIn

सरकारी रेडियोग्राफी संघ, नेपाल (गोरान) को प्रथम साधारण सभा सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको अध्यक्षमा दामोदर रोक्का चयन भएका छन्।

 वरिष्ठ उपाध्यक्ष सरोज क्षेत्री,महिला उपाध्यक्ष स्वेता जोशी, महासचिव प्रकाश तिमल्सिना, उपमहासचिव भिम थापा (अरुण), कोषाध्यक्ष राकेश कुमार कर्ण चयन भएका छन्। सचिवहरमा बाग्मती प्रदेशमा शाम्भव ढकाल, गण्डकी प्रदेशमा कृष्ण दाहाल, लुम्बिनी प्रदेशमा सुविन्द्र अर्याल, कर्णाली प्रदेशमा रेखा शर्मा चयन भउका छन्।

यस्तै सदस्यहरुमा महेश कार्की, विशाल गिरि, कल्पना सुवेदी, सीमा दिक्षित र सुजन पौडेल चयन भएका छन्।  साथै अन्य रिक्त पदहरुमा नयाँ कार्यसमितीले चयन गर्ने अधिकार सभाले दिएको छ।

कार्यक्रममा प्रमुख अतिथी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले रेडियोग्राफी विधा आफैमा एउटा विशिष्टिकृत विधा रहेको बताए। साथै यसको जनशक्तिलाई राज्यले उच्च महत्वमा राखेर काम गर्नुपर्ने बताए। 

बन्दसत्रमा महासचिव प्रकाश तिमल्सिनाले पेश गरेको संघको सांगठनिक एवं प्रशासनिक प्रतिवेदन, कोषाध्यक्ष राकेश कुमार कर्णले पेश गरेको आर्थिक प्रतिवेदन र सचिव भिम थापाले पेश गरेको विधान संसोधन सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको छ।

स्राेत: स्वास्थ्यखबर